प्रभु र समृद्धि क्यापिटल मर्ज हुने


प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौतामा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गर्नुभयो।

उक्त सम्झौता कार्यक्रममा प्रभु बैक अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु बैंकका सञ्चालक रमेशसिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतको उपस्थिति थियो। मर्जरपश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने सहमति भएको र मर्जरपश्चात ८० करोडभन्दा बढी चुक्ता पुँजी हुनेछ।