प्रधानसेनापति थापा बंगलादेश जाँदै

0
Shares

काठमाडौं, (नेस)।

बंगलादेशी सेना प्रमुख अजिज महमदको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापाले बंगलादेशको चार दिने भ्रमण गर्नुहुने भएको छ।

पुस २७ गते बंगलादेश जानुहुने प्रधानसेनापति थापाले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्रीलगायतका उच्च सुरक्षा अधिकारीसँग औपचारिक भेट गर्नुहुने भएको छ।

उहाँले बंगलादेशको नेसनल डिफेन्स युनिभर्सिटीको समेत अवलोकन गर्नुहुनेछ। भ्रमणदलमा चार सदस्य रहने सैनिक मुख्यालयले जनाएको छ।