नेपाल नर्सिङ संघको निर्वाचनको रौनकसँगै आयो प्रतिबद्धता


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल नर्सिङ संघको १९ औँ केन्द्रीय निर्वाचन ९ पुसमा हुँदैछ । चुनावी माहाेल निकै तातिएको देखिन्छ । यतिबेला प्यानल प्यानलमा उमेदवारी घोषणा भैरहेको छ । अहिल्लो साता प्रा.मन कुमारी राई नेतृत्वको प्यानलले १९ बुद्धे घोषणा पत्र सार्वजनिक गरेको थियो । बिहिवार प्रा. मुना राना (थापा) प्यानलले २१ बुँदे प्रतिबद्धतता ( घोषणपत्रपत्र) लिएर चुवानी मैदानमा उत्रिएको जनाएकोछ ।

निर्वाचनको संघारमै पुगेको संघको निर्वाचनमा २१ मतदानकेन्द्रहरु तोकिएको छ । नर्सिङ क्षेत्रमा रहेको पेशागत समस्या र चुनौतिलाई समयानुसार समाधान गर्दै पेशालाई उच्च तहमा पुर्याउन र आम नर्सहरुलाई वृति विकासको लागि नेतृत्व प्रदान गरी नर्सिङ पेशालाई अझ चुस्त, दुरुस्त, पारदर्शी र अनुशासित बनाउने प्रतिबद्धतासहित मैदानमा उत्रिएको दुबै समूहको बिजय सुनिश्चित रहेको दाबी छ । लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक निर्वाचनले मतदातालाई उपयुक्त उमेद्वार छान्न र उमेदवारलाई मतदातासँग घुलमिल गर्ने राम्रो अवसर रहेको प्रा.मुना राना बताउनुहुन्छ ।

मुलुक संघीयतामा गएपछि १४ जनाको केन्द्रीय समिति र ७ जना प्रदेश अध्यक्ष रहने प्रावधान रहेको छ । यस अघि प्रा.मन कुमारी राईको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, उपाध्यक्ष मिना बानिया, महासचिव नर्वदा थापा, सचिव प्रमिला थकाली, कोषाध्यक्ष कल्पना श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा खुल्लातर्फ बिजया अधिकारी, जनजाति हरि प्रसाद कोजू, आदिवासी सोनु शेर्पा, दलित सपना बि.क, मधेशी अन्जु कुमारी महतो, मुस्लीम कोहिनुर फारुकीका साथ अनमी अम्बिका पौडेल र अनमि सीता केसीले पत्रकार सम्मेलनमा आफ्नो उमेदवारी सार्वजनिक गर्दै १९ औं केन्द्रिय कार्यसमितिको निर्वाचनमा १९ बुद्धे घोषणापत्र सार्वजनिक गरेको छ ।

थापाको प्यानलले २१ बुद्धे घोषणापत्र सार्वजनिक गरेको छ । दुबै प्यानलको घोषणापत्रले नर्सहरुको हकहितमा लाग्ने र कुनै राजनैतिक पार्टीको भातृ संगठन नभएको दाबी गरेका छन् । साथै स्वयमसेवी नर्सहरुको मूल्य मान्यतालाई समय सापेक्ष मूल्यांकन गरि सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएर मात्र काममा लाउनुपर्ने बिषयमा जोड दिएका छन् ।

थापा समूहले नर्सहरुलाई संघमा सदस्यता विस्तार गर्न र आजीवन सदस्या शुल्क समायोजन गरी २ हजार ५ लिने र धेरैलाई सदस्यताका लागि ढोका खुल्ला गर्ने बताएको छ । यस अवधिसम्म सदस्यता लिनको लागि ५ हजार १ सय लिदैँ आएको छ ।

प्रा. मुना राना (थापा) को नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा विमला कुमारी शाह, महासचिव, यशोदा बराल, सचव जया मिश्र, कोषध्यक्ष कविता आचार्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा ज्योति रानाभाट, भिमकुमारी श्रेष्ठ, प्रेमा लक्ष्मी खागी, मोहनकुमारी गैर, विणा कुमारी यादव, इजरायल शाह, सीता भुषाल, मिरा गुरुङ रहेका छन् ।