लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा एक महिनाको राजश्व २९ लाख


सरस्वती न्यौपाने, रसुवा ।
लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवाले मंसिर महिनाको राजश्व करिब २९ लाख ९८ हजार ६ सय ८५ रुपैया ४५ पैसा संकलन गरेको छ ।

निकुञ्जका वन प्राविधिक एवम रेन्जर बस्नेतका अनुसार पर्यटक, वन पैदावार, तथा अन्य विवरणबाट यति रकम उठेको हो । यस मंसिर महिनामा मात्रै नेपाली ५ सय ७० जना सार्क राष्ट्रका २४ जना, विदेशी आठ सय ८९, हेलिकप्टरबाट १४ रहेका छन् ।

यस्तै वन पैदावार तर्फ काठ १४ सय ५० घनमिटर दाउरा १/२ चट्टा , बालुवा २७ घनमिटर ढुङगा २५ घनमिटर रहेको छन् । उठेको कुल राजश्वमा पर्यटनबाट मात्रै २७ लाख ६० हजार उठेको छ ।

यस मंसिरमा मात्रै भालु आतङकबाट ३ जना घाइते भए भने अन्य अन्न वाली नोक्सानी भालु र बदेलबाट ५१ वटा रहेको रेन्जर बस्नेतले बताए ।