जुवातास खेलिरहेको अवस्थामा पाँच पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी  प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।