महरा थुनामै रहने उच्च अदालको आदेश


न्युज अपफ नेपाल, काठमाडौं।

उच्च अदालत पाटनले तत्कालीन सभामुख कृष्णबहादुर महारालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंकै आदेशलाई नै सदर गरेको छ।

आज उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरेको उच्चका रजिष्टार बाबुराम दाहालले जानकारी दिए।

महराले आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन्।

जिल्ला अदालत काठमाडौकोे आदेशले महरा थुनामा थिए ।