फ़्लामेङ्ग्गो क्लब विश्वकपको फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)। 

ब्राजिलको फुटबल क्लब फ़्लामेङ्ग्गो फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरको छ। दक्षिण अमेरिकाको कोपा लिवर्टाडोरेस च्याम्पियन फ्लामे∙ोले एसियन च्याम्पियन साउदी अरेबियाको अल हिलाललाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

कतार राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार राति भएको खेलमा फ्लामे∙ोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित आत्मसात गरेको हो। खेलको १८औं मिनेटमा अल दासारीको गोलबाट अल हिलालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।

तर, फ्लामेंगोका जर्जियन डि एरासकेइटाले ४९औं मिनेटमा बराबरी गोल फर्काए। खेलको ७८औं मिनेटमा ब्रुनो हेनरिकले गोल गर्दै फ्लामे∙ोलाई खेलमा २–१ ले अघि बढाएका थिए। खेलको ८२औं मिनेटमा हिलालका अल बुलाहीले आत्मघाती गोल गरेका थिए।