हिमालयन बैंकद्वारा भीमसेन मन्दिरको पुनर्निर्माणका लागि सहयोग


हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पमा क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ।

बंैक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण गर्नुभयो।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका व्यापारीहरू तथा बैंकका संचालकहरू, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धकलगायतको उपस्थिति थियो।

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५आंै वार्षिकोत्सवको अवसरमा पाटन दरबार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड प्रदान गरेको थियो।