सन््राइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा छुट


सन््राइज बैंकका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। बैंकका ग्राहकले युरोप भ्रमणमा जाँदा थप १० किलोसम्म सामान लैजान पाउने छन्।

सो छुटका लागि ग्राहकले टर्किस एयरलाइन्सको काठमाडौंस्थित नारायणहिटी पथमा रहेको कार्यालयमा बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ।

सन््राइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सन््राइज बैंकका तर्पmबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो।