सात जुवाडे पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ७ हजार ८ सय ८५ रूपियाँसहित ७ जनालाई पक्राउ गरेको छ।

भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट सिम्ले बस्ने पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा पासाङ तामाङसहित ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद २ लाख ७ हजार ८ सय ८५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ।