पूर्वराजा झापामा

0
Shares

भद्रपुर, (नेस)।

पूर्व राजदम्पती प्रधानमन्त्रीको गृह जिल्ला झापा आउनुभएको छ। श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो डेढ बजे पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल अवतरण हुनुभएको थियो।

उहाँहरूको स्वागतका लागि विहानैदेखि सयौँको सङ्ख्यामा भेला भएका राजा समर्थकले पूर्वराजा–रानीलाई फूलमालले सम्मान गरेका थिए। विमानस्थल आर्लिनुभएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर एयरपोर्टबाट बाहिरिनुभएको थियो।

उहाँहरूको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए। उहाँहरूको समर्थकले ‘राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन ,राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद’ लगायतका नारा लगाएका थिए।

समर्थको भिडलाई मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। शाह दम्पती एयरपोर्टबाट दमकमा रहेको निवासतर्फ लाग्नु भएको छ। उहाँहरूको झापा बसाइ केही महिना हुने बुझिएको छ।