जोर–बिजोर लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं उपत्यकामा चल्ने भाडाका र निजी सवारीसाधनलाई स्थायी रूपमा जोर–बिजोर प्रणाली लागू गर्न माग गर्दै सर्बाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

रिट निवेदनमा उपत्यकामा जोर–बिजोर प्रणालीमार्फत मात्रै सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई बाध्यकारी आदेश(परमादेश)दिन माग गर्दै अदालतमा रिट निवेदन दर्ता भएको हो।

अधिवक्ता रीता कार्की र श्यामकुमार श्रेष्ठले बुधबार अदालतमा रिट दर्ता गराउनु भएको हो। सवारी प्रदूषणका कारण काठमाडौं विश्वकै दूषित शहर बन्दै गएकोले जोर–बिजोर प्रणालीमा सवारी चलाउनुको विकल्प नरहेको उहाँहरूको तर्क छ।

निवेदकले २० वर्ष पुराना सवारीसाधन चल्न नदिने सरकारी निर्णय प्रभावकारी कार्यान्वयन गराउन आदेशकोसमेत मागदाबी लिनु भएको छ।

निवेदकले दुईपाँग्रे र चारपाँग्रे दुवै प्रकृतिका सवारीमा जोर–बिजोर प्रणाली लागू हुनुपर्ने माग गर्दै विद्यालय, कूटनीतिक नियोग, सरकारी उच्च पदस्थ अधिकारी, निजामती कर्मचारीलगायत अत्यावश्यक सेवाका बाहेक अन्य भाडाका सवारीमा यस्तो नियम लगाउनुपर्ने रिट निवेदनमा दाबी लिइएको छ।