दुर्घटनामा प्रहरी जवानको मृत्यु

0
Shares

बैतडी, (नेस)।

यात्रुवाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १ का सुदिप श्रेष्ठ रहेका बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो।

मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत रहेका थिए। बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म. १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका ६ सनगाउँमा सडकमै जिप पल्टेको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा दिउँसो मृत्यु भएको प्रवक्ता चन्दले बताउनुभयो। उहाँले भन्नुभयो ‘चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो। जिपमा सवार अन्य सात जनाको अवस्था सामान्य छ।’ जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।