गैरआवसीय नेपालीसघं साईप्रसद्धारा सुरक्षित घर संचालनमा


दिनेश गौतम, युरोप

युरोपियन देशहरु मध्ये एक साईप्रसमा पहिलो पटक नेपालीहरुका लागि सुरक्षित घर आईतवार देखि संचालनमा आएको छ । गैरआवासीय नेपाली संघ, साइप्रसको संयोजन तथा यहा रहेका विभिन्न सघंसस्था तथा समाजसेबीहरुको अथक प्रयासपछि सुरक्षित घर उद्घाटन गरिएको हो । ।

पछिल्लो समयमा साईप्रस देशमा नेपालीहरुको प्रवेश बढेसगैं यहाँ रहेका बिभिन्न घरेलु कामदार तथा विद्यार्थी भिसामा आएकाहरुलाई नेपालीहरुमा अन्यत्र काम खोज्ने समयमा डेरा नपाएर बिभिन्न बाध्यतामा बस्नुपरेको, दलालहरुको फन्दामा परेर धेरै नै समास्यामा परेकोले यसलाई निराकरण गर्ने तथा काम नपाउन्जेल तथा उहाँहरुको समस्या समाधान नहुन्जेलसम्मका लागी सहयोग पुगोस् भन्ने उदेश्यका साथ सुरक्षित घर संचालनमा ल्याइएको एनआरएनए साईप्रसका सचिव पुर्ण मगरले जानकारी दिएका छन ।

साईप्रसमा बिगत २ वर्षको लामो मिहेनतपछि सुरक्षित घर निर्माण सम्पन्न भएकोले यसलाई दिगो एवं प्रभावकारी ढंगले व्यवस्थापन खातिर यहाँ रहेका विभिन्न संघसस्था, समाजसेबी लगाएत सरोकारवालाहरुको उपस्थितिमा अगामी दिनमा बैठक बसी उचित कार्यविधि निर्माण गरिने एनआरएनए साईप्रसका सह–कोषाध्यक्ष अनिल भण्डारीले बताए ।

सुरक्षित घरको उद्घाटन अवैतानिक नेपाली बाणिज्य दूतावासका वाणिज्य दुत डा. रामजिवन पन्जियारले गर्नु भएको थियो । यो सुरक्षित घरलाई दिगो ब्यवस्थापनका लागि यहाँ रहेका सघंसस्था तथा एनआरएनएले आफुलाई संरक्षकको जिम्मेवारी दिएकोमा आफु लगाएत साईप्रसमा रहेका हरेक नेपालीहरुको दुःखमा साथ दिने डा. पन्जियारले प्रतिबद्धता जनाएका थिए । सुरक्षित घर स्थापनाका लागि सुरुवाती चरणमा धेरै बाधा अड्चन आएको सम्झदै अब आफुहरुले सोचेको काम पुरा भएको एनआरएनए पुर्वअध्यक्ष एवं प्रमुख संरक्षक सुवास मल्ल खुसि प्रकट गर्दे अब सुरक्षित घरलाई जोगाउन यहाँ रहेका सबै सघंसस्था तथा समाजसेबीहरुको खाँचो रहेको बताए ।

त्यस्तै सोही कार्यक्रमको अवसर पारी एन आर एन ए साइप्रसले सेफहाउस निर्माणमा बिभिन्न रुपमा सहयोग गर्ने सहयोगि दाताहरुलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
सुरक्षितम घरमा अहिले १० ओटा बेड सहित किचन बाथरुम सहित अत्यावस्यक समानहरु उपलब्ध रहेको एनआरएनए साईप्रसका सदस्य नितेश सरदारले जानकारी दिए ।