सेवाग्राहीसँग घुस लिँदै गर्दा प्रहरी रङ्गेहात पक्राउ


न्युज अफ नेपाल, बारा ।

बाराबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा प्रहरी रङ्गेहात पक्राउ परेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनले घरेलु मदिरा बिक्री वितरणमा समस्या नहुन र सहज वातावरण हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका–३ बाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।