आठ केजी चरेशसहित एक भारतीय पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

बाराकाे कलैयाबाट एक भारतीय नागरीक आठ केजी चरेशसहित पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब सवा १ बजे अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–६ स्थित सन्दीप साहको होटलमा खाना खाँदै गरेका एक भारतीयलाई चरेशसहित पक्राउ गरेको हो ।

भारत बिहार मोतीहारी जिल्ला थाना कुन्दवा चैनपुरग्राम कोरैया लौखान वडा नम्बर–८ बस्ने वर्ष ४० का गुलाबीप्रसाद कुशवाहको साथबाट उनले पिठ्युँमा बोकेको झोला जाँच गर्दा चरेश फेला परेको जिप्रका बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

झोलामा लुकाइछिपाइ राखेको अबस्थामा ८ किलो ५ सय ग्राम (९ प्याकेट) अवैध लागुऔषध चरेश फेला परेको हुँदा उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।