अबैध पेस्तोलसहित तीन जना पक्राउ

0
Shares

संजय कार्की,रौतहट ।

अबैध पेस्तोल सहित सशस्त्र प्रहरीले रौतहटबाट तीन जना लाई पक्राउ गरेको छ । रौतहटको राजपुर नगरपालिका– ३ दमार स्थित आजात चोकबाट सशस्त्र प्रहरीले बाराको सुवर्ण गाउपालिका – ६ निबासी ३७ बर्षिय उमेश्वर यादव, रौतहटको परोहा नगरपालिका – ६ बसन्तपट्टी निबासी ३८ बर्षिय राम आधार साह र रौतहटको परोहा नगरपालिका –४ लौकाह निबासी ६६ बर्षिय छोटेलाल साह लाई पक्राउ गरेको छ ।

बीआर ०५ एम ७३५३ नम्बरको डिस्कभर मोटरसाईकल बाट गौर नगरपालिकाको टिकुलिया जादै गरेका उनीहरुको साथ बाट कटुवा पेस्तोल थान–१, सोमा लाग्ने ड मि.मि.को बाल राउण्ड २ गोटा सहित चक्कु दुई थान, सिम सहितको मोबाईल सेट तीन थान, ठुलो वायर कटर १ वटा¸ पेचकस १ वटा¸ पिलास १ वटा, भारतीय ५ सय रुपैया र नेपाली पचास रुपैया बरामद गरिएको ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले जनाएको छ ।

पक्राउ परेका तीनै जना लाई आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहट बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले सशस्त्र प्रहरीद्धारा अबैध पेस्तोलसहित बुझाइएकाहरुको बिषयमा थप अनुसन्धान भैरहेको बताउनु भयो । पक्राउ परेका छोटेलाल साह यसअघि समेत अबैध हतियार सहित पक्राउ परी छुटेको खुल्न आएको जनाइएको छ ।