नेपाल समाचारपत्र, काठमाडौं।
सन्राइज बैंकले नुवाकोटको बट्टारमा १२८औं शाखा सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद नारायणप्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले एटीएमको उद्घाटन गर्नुभयो। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो।











प्रतिक्रिया