एनआईसी एसिया बैंकको थप ६ नयाँ शाखा सञ्चालनमा


एनआईसी एसिया बैंकले थप काठमाडौंमा ६ नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ। महानगरपालिकाभित्रका विभिन्न वडामा नयाँ शाखा खोलिएको बैंकले जनाएको छ।

बैंकका अनुसार,काठमाडौं महानगरपालिका– १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिकाप्रसाद घिमिरेले, वडा नं. १४ कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले उद्घाटन गरेका छन्।

यस्तै वडा नं. १६ माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले, वडा नं. ३२ नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले, वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले र वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले एक समारोहका बीच शाखाको शुभारम्भ गर्नुभएको बैंकले जनाएको छ।