एनसीसी बैंक र सेलपेबीच सहकार्य

0
Shares

एनसीसी बैंकले भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार एनसीसी बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता आबद्ध गर्ने बित्तिकै सय रुपियाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोइन्ट पनि पाउने छन्।