कारको ठक्करबाट पैदलयात्रीको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा छिन् ।

कारले ठक्कर दिए लगत्तै उपचारका लागि न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृतक घोषणा गरेको हो ।

शनिबार बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १५ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो ।