चोरी मुद्धामा फरार २५ वर्षपछि पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

तत्कालीन पुनरावेदन अदालत हेटौंडाको २०५० फागुन १९ गतेको फैसला आदेशले काठ चोरी मुद्धामा २ महिना कैद र ९ सय २३ रुपियाँ जरिवाना ठहर भएपछि फरार रहेका पक्राउ परेका छन् ।

बाराको साबिक गाविस सपही वडा नम्बर–७ (हाल कोल्हवी नपा–३) बस्ने तेतर चौधरीलाई सोमबार इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अबस्थामा फेला पारेको हो ।

उनलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बीरगञ्ज पठाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

बारा जिल्ला अदालतको २०७१ असोज २६ गतेको फैसला आदेशले सवारी ज्यान मुद्धामा २ हजार जरिवाना तोकेपछि फरार रहेका बाराको प्रसौनी गापा–२ बस्ने नागेन्द्र साहगोढ र २०७३ जेठ २३ गतेको फैसला आदेशले केही सार्वजनिक अपराध मुद्धामा १ हजार जरिवाना तोकिएर फरार प्रसौनी–१ बस्ने नारदभगत मालीलाई मंगलबार इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अबस्थामा फेला पारेको हो ।

उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले उनीहरु आफूलाई तोकिएको जरिवाना रकम तिरी छुटेको प्रउ खनालले बताउनुभयो ।