रोहिणी गाउँपालिकाः बिकास निर्माणका काममा राजनैतिक सहमति छैन


यमलाल भुसाल, बुटवल ।

रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को सार्वजनिक सुनुवाई एवम सामाजिक परिक्षण कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र दिगो सामुदायिक विकासको निम्ति एकताको संयुक्त आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाईमा बिशेष गरि गाउँपालिकाको अहिले सम्म आफ्नै भवन नभएको बारे अधिकतम चासो राखिएको थियो ।

यसका साथै गाउँपालिकाको भवन सरकारले तोकेको धकधई केन्द्र भन्दा बाहिर लैजाने प्रयास भै रहेको बताउदै सेवाग्राहीले असन्तुष्टि ब्यक्त गरेको आयोजक बुद्धिराम पन्थीले बताउनु भयो ।

सेवाप्रवाहको बिषयमा गाउँपालिका गत बर्ष भन्दा अहिले राम्रो हुदै गएको पन्थीले बताउनु भयो । उहाँले ६१ प्रतिशत भन्दा बढी सेवाग्राही गाउँपालिकाको सेवाबाट सन्तुष्ट रहेको अभिमतले देखाएको बताउनु भयो । गाउँपालिकाको सेवा प्रवाह बिषयमा भन्दा पनि बिकास निर्माणका काम र राजनैतिक सहमति अनुसार काम नभएको स्थानियहरुको गुनासो बढी आएको थियो ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले आफु गाउँपालिकामा काम गर्नकै लागी आएकोले सबैको सल्लाह लिई अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले सार्वजनिक सुनुवाईले गाउँपालिकालाई सुधार गर्ने बाटो देखाएकोले आफु सदैव सोही बाटोमा हिड्ने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली, २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, ३ का बिर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का ईन्द्रमान चौधरी, ७ का कावा वडा अध्यक्ष दुखनी थारु, बिषयगत शाखाका प्रमुखहरु शिक्षाका रामजित प्रसाद चौधरी, स्वास्थ्यका रामनेवास चौधरी, कृषिका बृजेश मिश्र, योजनाका राजकुमार मिश्र लगायतले सेवाग्राीबाट आएको प्रश्नहरुको जवाफ दिनु भएको थियो ।