मंगलबजार र दरबारमार्गमा एनआईसी एसियाको शाखा


एनआईसी एसिया बैंकको दुई नयाँशाखा ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ। मंगलबजार शाखा ललितपुर महानगरपालि वडा नम्बर १२ का वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाको उद्घाटन एनआईसी एसिया बैंकका उपप्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेजराज तिमिल्सिनाले गर्नुभयो।

बैंकको मुलुकभर ३११ शाखा, ४०३ एटीएम, ९५ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत् करिब १९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।