सन्राइज बैंकको ऋणपत्र सबै बिक्यो


सन्राइज बैंकले जारी गरेको ३ अर्ब रुपियाँबराबरको ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ। बैंकका अनुसार १० दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने उक्त ऋणपत्र सर्वसाधारण निष्कासनको तर्फबाट ४ लाख ५३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्फबाट २५ लाख ४६ हजार १७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ।

बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४७ वटा एटीएममार्फत ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।