एनएमबि बैंक भिसा वल्र्डवाइडको सदस्य


एनएमबि बैंकले भिसा वल्र्डवाइड प्रालिसँग सम्झौता पत्र गरेको छ। भिसासँगको विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ। अब एनएमबि बैंकका ग्राहकले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धिबाट लाभन्वित हुन सक्नेछन्।

साझेदारीले एनएमबी बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ। यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्वीफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ।

एनएमबि बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन्। हाल एनएमबि बैंकको १६३ शाखा, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टर रहेको छ।