प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न


प्रभु लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सव सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। कम्पनीले वार्षिकक अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा फोहोर व्यवस्थापन गर्नका लागि फोहोर फाल्ने गार्बेज बिन हस्तान्तरण गरेको छ।

प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरूमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी विद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानमा समेत गार्बेज बिन उपलब्ध गराएको छ। गत वर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका विद्यार्थीलाई स्वीटर बितरण गरेको थियो।