निगमले थप दुई अन्तर्राष्ट्रिय उडान गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल वायुसेवा निगमको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै उडान शुरु गर्ने निर्णय गरेको छ। निगमले जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोसो साता उडान गर्ने भएको छ।

यी उडान थपिएपछि पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने निगमको दाबी छ।यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन्।

यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन्। निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए ३३० वाइडवडी विमान रहेका छन्।