नागरिकता संशोधन कानुनको देशव्यापी विरोध

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतमा नागरिकता संशोधन कानुनलाई लिएर आसाममा भइरहेको व्यापक विरोध प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट मर्नेको संख्या ४ पुगेको छ। राज्यको धेरैजसो हिस्सामा मोबाइल इन्टरनेटमाथि प्रतिबन्द लगाइएको छ। नागरिकता सशोधन विधेयकविरुद्ध विरोध प्रदर्शनको नेतृत्व अल असम स्टेडेन्ट युनियन (आसु)ले गरिरहेको छ।

सत्तारुढ एनडीएका घटक रहेका असम गण परिषद्ले नयाँकानुनलाई सर्वोच्च अदालतमा चुनौती दिने बताए तर संसद्मा भने उनले त्यसको समर्थन गरेका थिए।त्यसैगरी नयाँनागरिकता कानुनलाई लिएर लखनउको दारुल उलुम नदवा तुल उलेमाका छात्र तथा प्रहरीबीच मुठभेडको भिडियो बाहिर आएको छ। उक्त भिडियोमा २ सयभन्दा धेरै विद्यार्थी र प्रहरीबीच ढुंगामुढा भएको छ।

छिमेकी देशमा प्रताडित भएका हिन्दूलाई नागरिकता दिन सक्ने प्रावधानसहितको उक्त संशोधित कानुन धर्मसापेक्ष भएको बताउ“दै व्यापक विरोध भइरहेको छ। पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीले राजधानी कोलकातामा उक्त कानुनको विरोधमा विशाल र्याली निकालेका छन्।

पश्चिम बंगालमा आइतबार र शनिबार विभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको समाचार आएको थियो। ममता बेनर्जीले आफ्नो राज्यमा उक्त कानुन ‘क्याब’ लागू हुन नदिने बताएकी छिन्।त्यसैगरी तमिलनाडुमा माक्र्सवादी कम्युनिस्ट पार्टी सीपीएममा आबद्ध छात्र संगठन एसएफआईले क्याब विरुद्ध विरोध प्रदर्शनको आह्वान गरेको छ। हैदरावादस्थित मौलाना आजाद नेसनल उर्दू युनिभर्सिटीमा पनि विरोध प्रदर्शन भएको छ।

त्यहाँका छात्र छात्राले परीक्षा बहिस्कार गरिरहेका छन्।विहार राज्यको राजधानी पटनाको कारगिल चोकमा प्रदर्शनकारीले एक प्रहरी चौकीमा आगो लगाएका छन्। उग्र प्रदर्शनकारीको भीडलाई तित्तरबित्तर पार्न प्रहरीले गोली प्रहार गरेका थिए।

नागरिकता संशोधन बिल कानुन बनेपछि देश व्यापी धर्ना प्रदर्शन भइरहेको छ। राजधानी दिल्लीस्थित जामिया विश्वविद्यालयमा छात्रछात्रामाथि प्रहरी गरेको पिटाइको मामिलामा सर्वोच्च अदालतमा मंगलबार सुनवाइ हुनेछ। विश्वविद्यालयलाई जनवरी पा“चसम्मका लागि बन्द गरिएको छ।

जामिया क्याम्पसमा आइतबार राति व्यापक होहल्ला भएको थियो। जामिया युनिभर्सिटीकी भ्वाइस चान्सलर नजमा अख्तरले प्रहरी विश्वविद्यालय परिसरमा बिना अनुमति वा सहमतिमा प्रवेश गरेको जानकारी दिइनन्।

यसअघि जामियामा रहेको इलाकामा बसहरूमा आगो लगाएको थियो। प्रहरीले उक्त आगजनी प्रदर्शनकारी विद्यार्थीबाट भएको आरोप लगाएको छ। तर केही भिडियो फुटेजमा प्रहरी आफैले आगो लगाइरहेको देखिएको दाबी गरिएको छ।

प्रहरीले विश्वविद्यालय परिसरमा प्रवेश गरी अश्रु ग्या“स प्रहार गरेका थिए। विश्वविद्यायलमा प्रवेश गरी प्रहरीले छात्रछात्रामाथि निर्मम लाठी प्रहार गरिरहेको भिडियो भाइरल भएको छ। दिल्ली प्रहरी मुख्यालयबाहिर राति अबेरसम्म विशाल प्रदर्शन भएको थियो। त्यसपछि पक्राउ परेकालाई मुक्त गरिएको थियो।