नेपाली नागरिकता लिने भारतीयलाई उन्मुक्ति


कृष्णउदास खनाल, वीरगन्ज ।

भारतीय नागरिकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाण सहित सम्बन्धीत निकायमा लिखित उजुरी दिँदा सम्बन्धीत निकायले कारवाहीको प्रकृया अगाडि बढाएको छैन ।

भारतको राजस्थानका मुल निवासी जगदीश प्रसाद अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी नेपाली नागरिकता हात पारेका हुन् ।अग्रवाल परिवारले जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा नक्कली कागज प्रमाण खडा गरी २०६३ मा नेपाली नागरिकता हात पारेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट फारम नम्बर ५४२०२२ भरेर जगदीशले ३४३०२२/१३/७१४ नम्बरको नागरिता जारी गराएका छन् । त्यसैगरी यिनका भाई राकेश कुमार अग्रवालले फारम नम्बर ५४२०२३ भरेर ३४३०२२/१३/६३० नम्बरको नागरिकता र छोरा अमित कुमार अग्रवालले फारम नम्बर ५४२०२४ भरेर ३४३०२२/१३/६२० नम्बरको नागरिता जारी गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको क्रमश फराम नम्बर ५४२०२२, ५४२०२३ र ५४२०२४ मा झुठो विवरण भरी झुठा प्रमाण कागजको आधारमा जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा २०६३ सालमा ५८ बर्षिय जगदीश र उनका भाई ४५ बर्षिय राकेश र छोरा ३२ बर्षिय अमितले एकसाथ नेपाली नागरिकता लिन सफल भएका हुन् । राकेशका श्रीमतीले समेत नागरिकता नम्बर १६०३२३४६० नम्बरको नेपाली नागरिकता हात पार्न सफल भएका हुन् ।

अग्रवाल परिवारले नेपाल नागरिकता ऐन २०६३ को दफा १२, १३, १४, २१, २२ (२) नम्बरको विपरीत हुदाँ सोहि कसुर अपराध गरेकोले ऐनको दफा २१,२१(२) बमोजिम दोषीलाई दण्ड सजाय गर्नको लागि देशभक्त नेपालीले गोप्य रुपमा सम्बन्धीत निकायमा हुलाक मार्फत उजुरी दर्ता गराएका हुन् ।

अग्रवाल हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगरमा बस्दै आएका छन् । अग्रवाल भारत राजस्थानको सरदार सहरका स्थायी निवासी हुन् । भारतमा हालै सम्पन्न लोक सभाको चुनावमा समेत सक्रियाताका साथ अग्रवाल परिवार सहभागिता जनाएका छन् ।

राजसस्थानकै सरकारी टान्टीया गर्ल अपर प्राईमरी सदर सहरमा भएको मतदानमा जगदीश अग्रवालले जारी गरेका आफनो मतदाता संख्या १०७५ बाट पहचान पत्र नम्बर जेड.एक्श.वाई. ०३५६४३६ ले भोट खसालेका छन् ।

राकेशले आफनो भारतीय मतदाता संख्या १०८५ बाट पहचान पत्र नम्बर एन. जेड.एक्श.वाई. ०६२५१२९ र अमितले आफनो मतदाता संख्या १०७९ बाट पहचान पत्र नम्बर एन.एच.एम.आर. १६२९२९४ ले भारतीय मिति २०१९ मई ६ तारिकका दिन भएको लोक सभा चुनावमा सक्रियताको साथ सहभागिता जनाएको प्रमाण सहित फेला परेपछि सम्बन्धीत निकायमा हुलाक कार्यालय मार्फत निवेदन दर्ता गराईएको हो ।