मौसमको कारण देखाउँदै फाईनल खेल स्थगित


विष्णु तिमिल्सिना, बर्दिया ।

बढैयाताल गाँउपालिकामा आयोजित जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको फाईनल खेल मौसमको कारण देखाउँदै एक हप्ता स्थगित गरिएको छ ।

बाँसगढी नगरपालिका र मधुवन नगरपालिका बिच हुने फाईनल खेल पानी परेको कारण खेल मैदान हिलोग्रस्त भएकाले मैदान सुक्नका लागि १ हप्ता ढिलो गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष सुशिल चौधरीले जानकारी गराउनु भयो ।

गेरुवा गाउँपालिका र मुधवन नगरपालिका विच भएको सेमिफाईनल खेलमा ० का विरुद्ध ४ गोल गरी मधुवन नगरपालिका विजयी भई फाइनल खेलमा प्रवेश गरेको छ ।

त्यसै गरी गुलरिया नगरपालिका र बाँसगढी नगरपालिका विच भएको सेमिफाईनल खेलमा २ का विरुद्ध ३ गोल गरी बाँसगढी नगरपालिका विजयी भई फाइनल खेलमा प्रवेश गरेको छ ।

विजयी हुने दुवै नगरपालिकाका टिम बिच पुष ५ गते शनिबार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ स्याउली बजार उत्तर अवस्थित नयाँबस्तीको खेल मैदानमा फाईनल खेल हुने छ । प्रतियोगितामा विजेताले १ लाख रुपैया र उपविजेताले ६० हजार रुपैया पुरस्कार राशी प्राप्त गर्ने छन ।