सिद्वबाबालाई सात दिन म्याद थप


न्युज अफ नेपाल, इटहरी ।

बलात्कार गरेको अभियोग लागेका सिद्वबाबा नामले परिचित कृष्णदास गिरीलाई अदालतले थप सात दिनको म्याद थप गरेको छ ।

यो उनको चौँथो पटक थपिएको म्याद हो । जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको एकल इजलासले सात दिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जानकारी दिएको हो ।

आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचारको नाटक गर्दै प्रहरी हिरासतमा बस्न मानेका छैनन् ।