बर्नमाउथसँग चेल्सी स्तब्ध

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमयर लिग फुटबलमा बर्नमाउथले लन्डन क्लब चेल्सीलाई पराजित गर्दै स्तब्ध नतिजा निकालेको छ। चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग १–० ले स्तब्ध भएको थियो।। खेल सकिन ६ मिनेट बाँकी रहँदा गोसलिङले गरेको गोल नै चेल्सीलाई हराउन निर्णायक बन्यो।

खेल अवधिभर नै बर्नमाउथलाई दबाबमा राखे पनि गोल गर्न भने चेल्सी असमर्थ रह्यो। पछिल्लो पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो। यसअघि चेल्सी घरेलु मैदानमै वेस्टह्यामसँग १–० ले तथा एभर्टनसँग ३–१ ले पराजित भएको थियो। हारपछि चेल्सीको १७ खेलबाट २९ अंक छ। बर्नमाउथले भने समान खेलबाट १९ अंक जोडेको छ।

शनिबारै भएको अर्को खेलमा लेस्टर सिटी नर्विच सिटीसँग १–१ गोलको बराबरीमा रोकियो। बराबरीसँगै लेस्टरको ३९ अंक पुगेको छ। यता नर्विचको भने समान खेलबाट १२ अंक छ। शीर्षटोली लिभरपुलभन्दा लेस्टर १० अंकले पछि रहेको छ।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8