नेप्सेमा ‘ब्रेक’ लाग्यो

0
Shares

काठमाडौं, (नेस)।

विगतका दुई साता शेयर बजारमा हुँदै आएको वृद्धि साताको शुरूमै ‘ब्रेक’ लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आइतबार घटेपछि सो ब्रेक लागेको हो।आइतबार नेप्से परिसूचक ४ दशमलव ७८ अंकले घटेर ११६७ दशमलव ८६ बिन्दुमा झरेको छ।

कारोबारको बन्द हुने बेलामा लगानीकर्ता ढुक्क हुन नसक्दा बजार ओरालो लागेको थियो। बजार धेरै ओरालो लागे पनि अन्तिम २० मिनेटमा सम्हालिएकाले करिब ५ अंकको गिरावटमा रोकिएको थियो। अघिल्लो साता लगानीकर्ताले लाभांश सुरक्षित गर्न खोज्दा साताभर करिब ४० अंकले वृद्धि भएको थियो।

साताको पहिलो दिन आइतबार नेप्सेमा कुल १७२ वटा कम्पनीको २० लाखभन्दा बढी कित्ता शेयर ६८ करोड ६० रुपियाँभन्दा बढीमा कारोबार भएको छ। परिसूचकका साथै कारोबार रकम र शेयर संख्यासमेत अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार र अन्य समूहबाहेक सबै समूह घटेका छन्। यस दिन एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ६ करोड ३७ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

यस बैंकले लाभांश उच्च घोषणा गरेका कारण यस बैंकको शेयर कारोबार उच्च हुँदै आएको छ। आइतबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसबाहेक ४३ कम्पनीको शेयर मूल्य बढेको छ। तर, स्पर्श लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4