चीन अमेरिकाबीच व्यापार सहमति

थप भन्सार शूल्क रोकियो, सेयर बजारमा तीव्रता

0
Shares

वासिङटन, (एजेन्सी)।

अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सहमतिले १७ महिनादेखि चलिरहेको व्यापार युद्ध रोकिन भएको छ। अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले सञ्चार माध्यमलाई लिखित दस्तावेज देखिएको र त्यसको थोरै जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

लिखित दस्तावेजले सहमतिमा दुवै देशले हस्ताक्षर गरेको प्रस्ट भएको देखाएको छ। दवै देशले महत्वपूर्ण कदम बढाएको लाइटहाइजरले बताए। सहमतिअनुसार चीनबाट निर्यात हुने १ खर्ब २० अर्ब डलरको समानमा अमेरिकाले हाल लगाइरहेको १५ प्रतिशत करलाई आधा गर्ने छ। त्यसैगरी चीनका लागि केही चुनौतीपूर्ण सर्त राखिएको छ।

चीनले आगामी दुई वर्षभित्र करिब २ खर्बको अमेरिकी उत्पादन तथा सेवा खरिद गर्नुपर्नेछ। सहमतिअनुसार १ सय ६० अर्ब डलरको चिनियाँ आयातमा डिसेम्बर १५ देखि लगाउने भनिएको अमेरिकी उच्च भन्सार शुल्क अब रोकिएको छ।

जुन सामानमा अतिरिक्त कर लगाउनु थियो त्यसमा उपभोग्य इलेक्ट्रोनिक्स र खेलौना पनि परेका थिए। चीनबाट आयात हुने सामानमा पहिले नै लगाइएको भन्सार शुल्कमा पनि ५० प्रतिशतले कटौती हुने बताइएको छ। सहमतिअनुसार चीन आगामी वर्ष अमेरिकाबाट ५० अर्ब डलर कृषि उत्पादन तथा अन्य वस्तु खरिद गर्न तयार भएको छ।

यस व्यापार सम्झौताले अमेरिकाको कृषि उत्पादनको निर्यातमा वृद्धि हुनेछ। व्यापार युद्धका कारण चीनले अमेरिकाबाट कृषि उत्पादन खरिद गर्न बन्द गरेको थियो। अमेरिकी वाणिज्य विभागको आँकडाअनुसार गत वर्ष अमेरिकी कृषिजन्य उत्पादन निर्यात २५ अर्ब डलरबाट घटेर ७ अर्ब डलरमा झरेको थियो।

व्यापार युद्धका कारण दुवै देशको अर्थव्यवस्थालाई नोक्सान पुगेको थियो। सेप्टेम्बर त्रैमासिकमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन घटेर २ प्रतिशत रह्यो। गत वर्ष सेप्टेम्बरमा यो आँकडा ३ प्रतिशत थियो।

यो अवधिमा चीनको आर्थिक वृद्धि ६ प्रतिशतमा सीमित रह्यो। यो २७ वर्षकै सबैभन्दा कम हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले व्यापार युद्धका कारण अमेरिकी आर्थिक वृद्धिमा शून्य दशमलव ६ प्रतिशत र चीनको वृद्धिमा २ प्रतिशतले गिरावट आएको अनुमान गरिएको छ।

विगत १७ महिनामा दुई देशले कयौं पटक आयातमा भन्सार शुल्क बढाए र नयाँ शुल्क लगाएका थिए। विगत केही महिनाको आँकडाले चिनियाँ सामानको आयातमा अमेरिकी कम्पनीले सरकारलाई हरेक महिना ५ अर्ब डलर कर तिरेको देखाएको छ। आयात शुल्कमा ५० प्रतिशतले कम हुनुले कम्पनीलाई रहेक महिना २ अर्ब ५० करोड डलर बचत हुनेछ।

विश्वका दुई प्रमुख अर्थव्यवस्थाबीचको सम्झौताको समाचारले विश्वभरिको सेयर बजारमा तीव्रता आएको छ। अमेरिकी सेयर बजारको सूचकांक आडो जोन्स, नेस्डेकको इन्डेक्समा वृद्धि भएको छ।

भारतलगायत अन्य एसियाली बजारमा पनि सेयरको मूल्यमा वृद्धि भइरहेको छ। व्यापार युद्धका कारण विश्वभरको सेयर बजारलाई ठूलो नोक्सान पुगेको थियो।

अमेरिका र चीनबीच अक्टोबरदेखि वार्ता भइरहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यतिबेला वर्षको अन्त्यतिर पहिलो चरणको सहमति हुन सक्ने संकेत दिएका थिए

यद्यपि विगतका केही दिनमा ट्रम्पको बयानले सम्झौतालाई लिएर आंशकाको स्थिति बनेको थियो। ट्रम्पले सम्झौताका लागि सन् २०२० को चुनावसम्म पर्खन सक्ने बताएका थिए।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8