शिव मन्दिर टोलसुधार समितिमा नयाँ नेतृत्व

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

शिव मन्दिर टोलसुधार समिति धापासीको चौथो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। खुशीराम पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।

कार्य समितिको उपाध्यक्षमा देवीराम अर्याल, सचिवमा सागर प्रधान, सहसचिबमा पुष्पा भुसाल, कोषाध्यक्षमा मीना शर्मा र सदस्यहरूमा डा. सन्तोष नेपाल, प्रकाश बानियाँ, मञ्जु रायमाझी, कुमार कुवर हुनुहुन्छ।

साधारणसभाले सल्लाहकारहरूमा वरिष्ठ पत्रकार टंक पन्त, अधिवक्ता सुर्यकुमार बिमली, समितिमा निवर्तमान अध्यक्ष ध्रुबबन्धु अर्याल, बासु रेग्मी र राधाप्यारी केसीलाई चयन गरेको छ।

त्यस अघि साधारणसभाले निवर्तमान सचिव युगेश्वर रेग्मीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीना शर्माले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदनलाई छलफल गरी पारित गरेको थियो।

साधारणसभाले टोल सुधारका लागि नयाँ कार्ययोजनासहितका महत्वपूर्ण प्रस्ताब पारित गरेको छ। त्यस अघि ध्रुबबन्धु अर्यालको अध्यक्षतामा भएको उद्धघाटन शत्रमा टोखा ६ का वडाध्यक्ष महेश्वर केसी, सदस्य शान्ता पौडेल, चन्द्र श्रेष्ठ, अनोजबिक्रम थापा, पुष्पा भुषाल लगायतले टोल सुधार र विकासका बारेमा बोल्नुभएको थियो।