एनआरएनए कतारको १७ औं स्थापना दिवस सम्पन्न


भूपराज बस्याल, काठमाडौं ।

गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम शुक्रबार कतारको दोहामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कतारका लागि नेपाली राजदुत महामहिम डा. नारद नाथ भारद्वाजले कतारमा नेपालीबाट नेपाली ठगिने क्रम बढेको प्रती दूतावास गम्भीर भएको बताउनुभएको थियो ।

उहाँले व्यवसायको नाममा नेपालीबाट नेपालीनै ठगिनु दुःखद् रहेको भन्दै व्यबसाय गर्दा समेत मानविय धर्म नभुली श्रमबजारलाई स्वस्थ्य र सम्मानित बनाउन आग्रह गर्नुभयो । उहाँले भ्रमण बर्ष २०२० लाई सफल बनाउन बिदेशमा रहेका सम्पुर्ण नेपालीको दायित्व रहेको भन्दै कतारबाट पनि अधिकतम पर्यटक नेपाल पठाउने पहल गर्न गैर आवासीय नेपालै संघ लगायत सबैलाई आग्रह गर्नुभयो ।

कतारका युवा पुस्ता साहाशिक पर्यटनको लागि विभिन्न मुलुकमा जाने गरेको भन्दै राजदुत भारद्वाजले उनिहरुलाई नेपाल पठाउन सके ठूलो उपलब्धि हुने बताउनुभएको थियो । परिवारसहित कतारमा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्ष्यित गरि नेपाली बिद्यालय संचालनको लागि पहल भैरहेको भन्दै उहाँले नेपाल सरकारको शिक्षा मन्त्रालय मार्फत कतार सरकार संग कुराकानी अगाडि बढेको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा नवनिर्वाचित आइसिसी सचिव राजेन्द्र कुमार शर्मा, आइसिसी सल्लाहकारमा मनोनीत हुनुभएका टिबि कार्की, मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल (जोन), एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी तथा आइसिसी सदस्य रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, केवि हमाललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा आइसिसी सल्लाहकार टिबि कार्की, आइसिसि पुर्व संरक्षक एवं संस्थापक उपाध्यक्ष देवकाजी डङ्गोल, मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल जोन, एनाआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी, एनसिसि पुर्व अध्यक्ष बिनेश तामाङ, आइसिसी पुर्व उपाध्यक्ष एवं एनसीसी संस्थापक सागर नेपाल, निवर्तमान आइसिसी मानार्थ सदस्य राजु सैयद, निवर्तमान आइसिसी मानार्थ सदस्य बिमल गुरुङ, निवर्तमान आइसिसी सदस्य बिमल सुवेदी, प्रवासी नेपाली मंचका संयोजक चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका संरक्षक हिराधन राई, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली मुस्लिम समाजका युवा संयोजक, अजिजी अलि अन्तर्रा्ष्ट्रिय मुस्लिम समाजका सल्लाहकार, सल्लाहकार अध्यक्ष चुडामणि कार्की, प्रदेश ३ समन्वय परिषदका अध्यक्ष समीर केसी, प्रदेश ५ समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष प्रेम चलाउने, जिल्ला संस्थाको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमद अलि लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।