बुटवलमा सूचना प्रविधिगोष्ठी


यमलाल भुसाल, बुटवल ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा बुटवलमा दुई दिने सञ्चार तथा सूचना प्रविधि सम्बन्धी अन्तरक्रिया शुरु भएको छ । आइतबारदेखि शुरु भएको कार्यक्रम सोमवार समापन हुनेछ ।

विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा सञ्चारकर्मी र उद्योगी व्यवसायिहरूको सहभािगतामा सूचना प्रविधिबारे छलफल गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश पांचका प्रमुख सचिव तोयनारायण ज्ञवालीले प्रदेश नयां अवस्थामा भएकोले सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।

सूचना तथा सञ्चारको क्षेत्रमा डिजिटल प्रविधिका साथै इमेलको प्रतिष्पर्दालाई ख्याल गरी केन्द्रदेखि स्थानीय तहसम्म व्यवस्थापन गरिने बताउनुभयो विज्ञापन सम्बन्धी ऐन अनुसार केन्द्रदेखि स्थानीय तहसम्म विज्ञापन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले सार्वजनिक क्षेत्रमा काम गर्दा सञ्चार महत्वपूर्ण भएपनि प्रयोग गर्न नसकिएको बताउनुभयो ।

सञ्चार क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले सञ्चार बिना सरकारले गरेका कामहरु नदेखिने भएकाले सञ्चारमाध्याम आवश्यक पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले सेवालाई सहज र पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चार र प्रविधिका विभिन्न विषयमा अन्तरक्रिया गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभएको छ ।