काठमाडौँको एक पेन्ट्स कारखानामा आगलागी


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँको एक पेन्ट्स कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको छ।

काठमाडौंको चन्द्रागिरि–११ सतुंगलस्थित गौरीशंकर पेन्ट्स कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीका अनुसार दुइटा दमकल र दुइटा पानी ट्यांकर परिचालन गरि आगो लागेको १ घण्टाभित्रै नियन्त्रणमा ल्याइएको छ ।

पेन्टसका सञ्चालक आन्नद रौनियारले प्रहरीहरूको सक्रियता र नगरपालिकाको साथ र सहयोगका कारण ठूलो क्षति हुन नपाएको बताए।

आगलगीमा परी कारखानामा रहेको रङ बनाउने मेसिन, केमिकल, कारखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य सरसामान जलेर नष्ट भएको पेन्टसका सञ्चालकले जानकारी दिएका छन् ।

आगलागी भएको ५ मिनेटभित्रै दमकल र पानी ट्यांकर परिचालन गरिएकोले ठूलो क्षति हुन नपाएको र एक घण्टाभित्रै आगो नियन्त्रणमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भने यकिन विवरण आउन बाँकी छ।