काठमाडौैं, (नेस)।
एनआईसी एसिया बैंकले ग्राहकलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ।बैंकले एसटुएम सोसाइटी माघरेबाइन डि मोन्टेक लिमिटेड मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेको छ।
बैकले गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई कमर्स कारोबार सहज रुपमा गर्न सक्नुहुनेछ। सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि सञ्चालनमा ल्याउने छ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने कम्पनीका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गर्नुभयो। उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ।











प्रतिक्रिया