यमन श्रेष्ठ ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको पुत्र हुन्। धेरैले उनलाई मदनकृष्ण पुत्रका रूपमा चिन्छन्, तर उनले भने कला क्षेत्रमा आफ्नै परिचय बनाएका छन्। अभिनय गायन, संगीत सिर्जना, गीत रचना, फिल्म लेखनलगायत विभिन्न विधामार्फत यमनले स्वपरिचय निर्माण गरेका छन्। पिताको पथ पछ्याउँदै बाल्यकालदेखि नै अभिनय गर्दै आएका उनी करिव डेढ दशक अमेरिका बसाईपछि स्वदेश फर्केर पुनः कलाक्षेत्रमै सक्रिय छन्। विभिन्न नेपाली तथा नेवारी गीत, प्रहसनलगायतका प्रस्तुतिबाट लोकप्रियता कमाएका उनी टेलिफिल्म खासखुसबाट हास्य कलाकारको रुपमा चिनिए। पछिल्लो समय आफैँ प्रमूख भूमिकामा रहेर आँखादानसम्बन्धि चेतनामुलक शर्ट फिल्म देखेँदेखेँको लेखन र निर्देशन गरेका उनीसँग गरिएको हसिलो र रसिलो कुराकानी यहाँप्रस्तुत छ ः
रश्मी थापा
हाल के गर्दै हुनुहुन्छ ?
अहिले म सोसल अवेरनेसमा शर्ट मूीभहरू बनाउने तयारीमा छु। यस्ता खालका मूभि बनाउदा मनमा आनन्द मिल्ने रहेछ। त्यसका लागि स्क्रिप्टहरू लेख्दैछु।
तपाईं गायन, संगीत सिर्जना, गीत रचना, फिल्म लेखन, अभिनय सबै विधामा उत्तीकै सिपालु हुनुहुन्छ। यो कसरी सम्भव भईरहेको छ?
जिन्दगीमा मलाई केहि पनि आउँदैन, कसरी गर्ने होला, कहिले गर्ने होला भनेर बस्यो भने कहिल्यै पनि केहि पनि हुँदैन।
आफुलाई मनदेखि नै रुचि छ भने मिले पनि नमिले पनि जाने पनि नजाने पनि मन परेको काम गर्दै जानुपर्ने रहेछ। काम गर्दै जाँदा सिकिँदै र राम्रो हुँदै जाँदो रहेछ।
कुन विधामा आनन्द महसुस हुन्छ ?
पहिले पहिले गीत लेख्दा आनन्द महसुस लाग्थ्यो। हिजोआज कथा लेख्दा आनन्द लाग्न थालेको छ। मलाई आफ्नो कारण अरूलाई चित्त दुख्ला, अरूलाई नराम्रो लाग्ला वा अरू रीसाउलान् भन्ने फिल हुन्छ। त्यहि कारण अरूलाई जिताएर आफु हारीरहन्छु।
कथा, स्कृप्ट लेख्दा अरूलाई भन्न नसकेका कुरा लेख्न पाईन्छ। यसमा आफुले जितेजस्तो लाग्छ। त्यस कारण पछिल्लो समय कथा लेख्दा आनन्द मान्छु।
यती धेरै प्रतिभा भएर पनि पछाडि परिरहेको महशुष हुँदैन ?
कतिलाई पछाडी मान्ने कतिलाई अगाडी मान्ने? कम्पेयर गर्र्यो भने त म संसारका धेरै कुराभन्दा पछाडी परेको छु नि। बारक ओबामासँग कम्पेएर गर्दा म निकै पछाडी छु जस्तो लाग्छ।
त्यस कारण मैले कहिल्यै कसैसँग कम्पेएर गरेको छैन। आफैसँग कम्पेयर गर्ने हो भने चाहिँम हिजोका दिनभन्दा पक्कै पनि आज आगाडी छु। हिजोभन्दा आज राम्रो गरिरहेको छु।
बुवा मदनकृष्ण श्रेष्ठको लोकप्रियताले आप्mनो प्रतिभालाई छायाँमा पारेको महशुष हुन्छ कि हुँदैन ?
छायाँमा परेको महसुस हुन्छ, तर छत्रछायाँमा। म सँधै ड्याडी तथा अंकल (हरिवंश आचार्य) हरूको क्षत्रछायामा छु र यहि छत्रछायाँमा रहिरहन रुचाउँछु। तर छायाँमै त कसरी पर्नु र?
तपाईं बुवाको लोकप्रियताबाट लोभिएर कलाक्षेत्रमा आउनुभएको हो कि आफसेआफ आउनुभएको हो ?
यसमा एउटा घटना छ। म भर्खरै अमेरिकाबाट फर्केको थिएँ। ड्याडी र म सोल्टी होटलको एक कार्यक्रममा सहभागी हुन गएका थियौँ। त्यहाँमानिसहरू ड्याडीसँग फोटो खिचाईरहेका थिए।
जो पनि ड्याडीसँग फोटो खिच्न आउने, ड्याडीसँगै भएको मलाई चाहिँकसैले वास्तै नगर्ने? मैले जति घाँटी तन्काए पनि कोही पनि मसँग फोटो नखिच्ने र मलाई नचिन्ने भएपछि छटपट छटपट भयो। छटपट ड्याडीको लोकप्रियतादेखि होईन कि आफुले चाहिँकेहि गर्न सकिन भनेर थियो।
मनमा अशान्ति भएपछि मैले ड्याडीलाई घर जाउँभने। ड्याडी र म सोल्टि होटलको खाना छोडेर घर आयौँ। घर आएपछि चाउचाउ उमालेर ड्याडीलाई दिएँर मैले पनि खाएँ। ड्याडी यसरी भएन म पनि अभिनय क्षेत्रमा केहि गर्नुपर्र्यो भनेर सर सल्लाह गरेँ। त्यहिबेला देखि अभिनय क्षेत्रमा सक्रिय हुन थालेको हँु।
ड्याडी र हरिवशं अंकलको मह सञ्चारबाट बनेको शत्रुगते, दालभात तरकारीजस्ता फिल्ममा खेल्न रुचि राख्दा सानो सानो रोल पाएँ। आफ्नै ड्याडी र अंकलहरूले त ठुलो रोल खेलाउनु भएन अरू कस्ले खेलाउलान् र?
वावु राम्रो पाईलट छ भन्दैमा छोरालाई प्लेन चलाउन दिँदैनन नि। मलाई पनि मदनकृष्णको छोरा भन्दैमा कसैले फिल्म खेलाउँदैनन्। अब आफँै लेख्छु र खेल्छु पनि भनेर लागि परेँ।
सानो हुँदा के बन्ने सोच थियो ?
मेरो रुचि विजनेसमा थियो। साथै गायनमा पनि थियो। गायनमा लाग्छु भन्ने सोचले काम गरीरहेको थिएँ। त्यहि बेला अमेरिकातिर गएँ। अमेरीकाबाट एमबिए गरेर नेपाल फर्केपछि विजनेसतिर पनि हात हालेँ। विजनेस पनि एउटा गेम हो।
तर नेपालमा विजनेस क्षेत्र फेयर पाईन। यहाँजस्ले ठग्न सक्छ, उस्ले मात्र गर्न सक्ने रहेछ। विजनेस गर्दा भन्सार छलेर सामान ल्याउनुपर्ने, विभिन्न ठाउँमा घुस खुवाउनु पर्नेजस्ता काम गर्नुपर्ने, त्यसो नगरे सक्सेस नभईने रहेछ।
मैले त्यसो गर्न सकिनं। त्यस कारण अब कलाकारीतामा लाग्छु भन्ने सोच आयो। कला क्षेत्रमा कसैलाई ठग्नु पर्दैन, हाँसी हाँसी नाची नाची अरूलाई हँसाएर आफु पनि हाँसेर बाँच्न पाईन्छ।
जो पनि ड्याडीसँग फोटो खिच्न आउने, ड्याडीसँगै भएको मलाई चाहिँकसैले वास्तै नगर्ने ? मनमा अशान्ति भएपछि मैले ड्याडीलाई घर जाउँभने। ड्याडी र म सोल्टि होटलको खाना छोडेर घर आयौँ। घर आएपछि चाउचाउ उमालेर ड्याडीलाई दिएँर मैले पनि खाएँ ।
वुवाले चाहिँ के बन्नुपर्छ भन्नुहुन्थ्यो ?
ड्याडीले मलाई यहि बन कहिल्यै भन्नु भएन। हाम्रो घरमा सांगीतिक माहोल हुन्थ्यो। मलाई पनि म्युजिकमा निकै ईन्ट्रेस्ट थियो। ६/७ क्लासमा हुँदा गीतार बजाउन रुचि थियो। आफ्नै गीतार भईदिए हुन्थ्यो जस्तो लाग्थ्यो।
तर गीतार निकै महगो हुन्छ होला भनेर घरमा भन्न सकेको थिईन। एसएलसी सकिएपछि ड्याडीसँग सिक्किम घुम्न गएको बेला गीतार पसलमा गीतार बेच्न राखिएको रहेछ।
गीतार पसलको दाईलाई दाई यो गीतार महँगो हुन्छ होला है, बजाउन मन थियो भनेँ। वुवाले सुनिरहनुभएको थियो, तुरुन्तै किनिदिनुभयो। यसरी मैले आफ्ुनो ईन्ट्रेस्ट भए पनि ६/७ वर्षपछि मात्र गीतार किनेँ। त्यति बेला नै भनेको भए हुने रहेछ जस्तो लाग्छ।
तपाईं मदनकृष्ण श्रेष्ठको छोरा भनेर चिनीन चाहनुहुन्छ कि आफ्नै नाम बनाउन चाहनु हुन्छ ?
जे भनेर चिनिए पनि ठिक छ। तर जसरी भए पनि चिनिनु पर्र्यो। नराम्रो काम गरेर होईन, राम्रो काम गरेर जसरी चिनिए पनि ठिक छ।
मानिसहरूले चाहिँतपाईँको आफ्नै परिचय बनाएको महशुष गरेको पाउनु भएको छ कि मदनकृष्णको छोरा भनेर चिनेको पाउनु भएको छ?
पहिले पहिले सबैले मलाई मदनकृष्ण श्रेष्ठको छोरा भनेर चिन्थे। स्कुलमा पनि मलाई मदनकृष्णको छोरा भनेर जिस्क्याउँथे। सबैले त्यसो भन्दा आफ्नै नामले चिनिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
पछि मैले मदनकृष्णको छोरो हुँ म, यमन मेरो नाम भनेर गीतै बनाएर गाईदिएँ। अहिले जे भनेर चिनिए पनि ठिकै लाग्छ। मानिसहरूले दुवै तरीकाले बराबर चिन्छन जस्तो लाग्छ।
बुवा छोराबीच कलाक्षेत्र र करियबारे कत्तिको सरसल्लाह हुन्छ ?
सबै आमावुवालाई आफ्नो छोराछोरीको चिन्ता भईरहन्छ। ड्याडी पनि मेरोबारे चिन्ता गर्नुहुन्छ। म मेरा अधिकाशं रचनाहरू ड्याडीलाई देखाउँछु र उहाँले हेरेर सल्लाह दिनुहुन्छ। अनि मात्र बाहिर ल्याउँछु।
विचमा लामो समय अमेरिका बस्नुभयो। त्यहाँबस्दाको अनुभव कस्तो थियो ?
अहिले सम्झिँदा म धन्न अमेरिका गएछु जस्तो लाग्छ। अमेरीका गएर त विकास भनेको के हो भन्ने देख्न पाएँ, नेपालमै बसेको भए विकास भनेको के हो देख्न त परै जावोस, अनुवभ पनि गर्न नपाउने रहेछु।
अमेरीका भनेको संसारका धेरै मानिसहरूको भेला हुने ठाउँहो। त्यहाँधेरै मानिस एक अर्कासँग मिलेर बसेका छन्। मैले पनि धेरै देशका साथीहरूको संगत गर्न र उनीहरूसंग मिलेर बस्न सिकेँ।
त्यहाँजति नै ठुला ठुला घर अनि सफा चौडा सडक भए पनि आफ्नो हैन के गर्नु भन्ने लाग्थ्यो। नेपालमा जति नै खाल्डा खुल्डी र हिलैहिलो भए पनि आफ्नै हो जस्तो लाग्छ। फाईव स्टारको सफा कोठामा बसे पनि त्यो आफ्नो होईन भन्ने लाग्छ।
घर फर्केर आफ्नो कोठा जति नै फोहोर भए पनि आफ्नै हो भनेर माया लाग्छ। नेपाल मिस गर्थे। तर उमेरअनुसार पनि मानिसको चाहना फरक हुँदो रहेछ। योङ छँदा साथीहरू बाहिर गएको देख्दा म पनि बाहिर जान पाए हुन्थ्यो जस्तो लागेर गएँ।
पछि विवाह भयो, बच्चा पनि भयो। त्यसपछि ममी विरामी हुनुभयो र परिवारको साथ बस्ने मनसायले नेपाल आएँ। जिन्दगी १ चोटी पाईन्छ। घरीघरी जुनि पाउने भए पो यो जुनी चाहिँअमेरीका बस्छु, अर्को जुनी चाहिँपरीवारको साथ बस्छु भन्नु। त्यस कारण नेपाल फर्कँे।
हालै मात्र तपाईंको लेखन र निर्देशनमा बनेको शर्ट फिल्म देखें देखेंबाट कस्तो रेसपोन्स पाईरहनु भएको छ ?
यो मेरो पहिलो प्रसाय हो सबैले राम्रो छ भन्नु भएको छ। सोसल अवेरनेसको कुराहरूमा अन्य साम्रग्रीमा जस्तो भ्युज त जाँदैन। तर जतिले हेर्छन ती मध्ये १ जनाले मात्र आखा दान गर्ने निर्णय गरे भने त्यसको प्रभाव भएको जस्तो लाग्छ।
फिल्मबाट कन्भिन्स भएर १ जनाले आँखा दान गर्दा ४ जनाले आँखा देख्न सक्छन्। त्यसलाई नै सफलता मान्छु। अहिलेसम्म युट्युवमा पोजेटिभ कमेन्टहरू नै आईरहेका छन्।
देखें देखें निर्माणको सोच कसरी आयो?
मेरो घरमा नेपाल आँखा दान समाजको अध्यक्ष जगनाथ महर्जन र त्यहीँका साधुराम महर्जन आएर ड्याडीसँग आँखादानको विषयमा कुराकानी गरीरहनुभएको थियो। मैले उहाँहरूको कुराकानी गरेको सुनिरहेको थिएँ।
उहाँहरूले मलाई देख्नु पनि भएको थिएन। मैले आखादान विषयमा कुनै सामाग्री निर्माण गर्न सके धेरैले यसबारे जानकारी पाउँथे भनेर सोच्न थालँे र स्क्रिप्ट नै लेख्न थालेँ।
६/७ दिनमा स्क्रिप्ट तयार गरेर ड्याडीलाई देखाएँ।य समा शर्ट फिल्म बनाउदा कस्तो हुन्छ भनेर सोध्दा ड्याडीले राम्रो छ बनाउँदा हुन्छ भन्नुभएपछि फन्ड खोजेर शर्ट फिल्म बनाएको हो।
पछिल्लो समयमा अभिनय क्षेत्रमा सक्रिय हुनुहुन्छ। विचको समय कला क्षेत्रलाई दिएको भए हुन्थ्यो भन्ने लाग्छ कि ?
मलाई जीवनमा रीग्रेट भनेको केहिमा पनि लाग्दैन। किनभने आज म जे छु विगतका साना साना कुराले गर्दा नै छु।
आजको मलाई हिजोको सानो सानो कुराले असर गरिरहेको छ। अमेरिकामा गएर मैले धेरै कुरा सिकँे। म अमेरिकामा भए पनि गीत संगीत रचना गरेर त्यहाँहुने कार्यक्रममा प्रस्तुत गर्थेँ।
पछिल्लो समय फिल्मको स्क्रिप्ट पनि लेखिरहनु भएको छ फिल्म निर्देशन गर्ने सोच छ की ?
तत्कालै फिल्म निर्देशन गर्ने विचार त छैन। तर सक्दिन भनेर पछाडी कहिल्यै हट्दिन। आएको काम गर्छु। यस्तै खालका शर्ट फिल्महरू ८/१० ओटा गरेपछि एक्सपिरीयन्स पनि बढ्दै जान्छ र फिल्म निर्देशन पनि गर्न सकिन्छ। के थाहा गोल नै फिल्म निर्देशन हुन्छ कि?
प्रतिक्रिया