रुपन्देहीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमामा एकजना महिलाको हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घांस काटिरहेकी कमलादेवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिनुभयो ।

गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घांटीमा गम्भीर चोट लागेकोमा उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।

घटनापछि भाग्दै गरेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।