श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ


न्युज अफ नेपाल, धादिङ ।

धादिङबाट प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिशा तामाङलाई गत मंसिर १० गते हत्या गरेको अभियोगमा उनका श्रीमान २३ वर्षीय अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र थापामगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।