कृषि वैज्ञानिक डा. कार्कीलाई सम्मान


प्रताप बानियाँ, म्याग्दी ।

मिलन म्याग्दीले संस्थाका सल्लाहकार एवं अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्कीलाई सम्मान गरेको छ ।

नेपालको कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थाका सल्लाहकार तथा अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक डा. कार्कीलाई सम्मान गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट निवासी उनलाई संस्थाको तर्फदेखि कदरपत्र प्रदान गरी सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ ।

संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँ, निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, संस्थापक सदस्य अमर बानियाँ र कार्यकारी निर्देशक दिवाकुमारी पुनले डा. कार्कीलाई सम्मान गरेका थिए ।

सम्मान ग्रहणपछि बोल्दै डा. कार्कीले नेपालको विकासका लागि कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । उनले म्याग्दी जिल्ला कृषि र पर्यटनका हिसाबले सम्भावनायुक्त भएकाले कृषि उपज अन्तर्गत अर्गानिक उत्पादन र पर्यटनको क्षेत्रतर्फ अगाडि बढाउन आवश्यक रहेको बताउँदै मिलन संस्थालाई आफूले नजिकबाट चिनेको हुँदा आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमको अवसरमा कृषि वैज्ञानिक डा. कार्कीलाई स्वागत, सम्मान गर्नुका साथै उनीसँग अनुभव आदानप्रदान समेत गरिएको थियो । संस्थाका अध्यक्ष शिव बानियाँको अध्यक्षता, सचिव दिलमाया बिटालुको सञ्चालन र कार्यकारी निर्देशक दिवा पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।