बलात्कारको आरोपमा शाही पक्राउ


न्युज अफ नेपाल, डोल्पा ।

बलात्कारको आरोपमा जुम्ला गोठिचौर गाउँपालिका वडा ४ बस्ने १९ वर्षीया लोकेन्द्र शाही पक्राउ परेका छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरीलाई बलात्कार गरेको आरेपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

किशोरी २५ गते राती साढे आठ बजेतीर बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

पीडितको निवेदन आएपछि बलात्कृत बालिकाको विहिवार विहान जिल्ला अस्पताल दुनैमा स्वास्थ्य परीक्षण गरिएपछि जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।