गुल्मीमा एक युवक मृत फेला


न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीको धुर्कोट गाँउपालिका–४ जैसीथोकमा २२ वर्षीय कमल खत्री घरनजिकै मृत अवस्थामा भेटिएका छन् ।

खत्री शुक्रबार साँझ घरबाट हिडेको र घरमा नफर्किएपछि खोजी गर्ने क्रममा बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तमघासमा ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।