कालिमाटीबाट दिउँसै करिब १४ लाखको धनमाल चोरी


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा सनिबार दिउँसै करिब १४ लाखको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने निरज तुलाधरको घरबाट चोर िभएको हो ।

उहाँको घरमा रहेको नगद २ लाख १५ हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न किसिमका गरहगहना समेत गरी करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरु फरार रहेका छन्।

उनिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।