पाँच हजार नयाँ शिक्षक भर्ना गर्ने तयारी


न्युज अफ नेपाल, मोरङ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशभर पाँच हजार नयाँ शिक्षक भर्ना गर्ने तयारी गरिरहेको बताउनुभएको छ।

सार्वजनिक विद्यालयको स्तरमा सुधार ल्याउन तीन तहकै सरकारको भूमिका महत्वपुर्ण रहेको बताउँदै आएका मन्त्री पोखरेलले दीर्घकालसम्मको विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सबलिकरण आवश्यकता रहेको स्पस्टपार्नुभयो।

मन्त्री पोखरेलले सरकारले अबको दश वर्षमा नेपालको शिक्षा क्षेत्रमा सुधार ल्याउनेतर्फ केन्द्रित भएर काम गरिरहेको बताउनुभयो।

‘सरकारले पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउँदैछ। त्यसपछि देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै अघि बढ्नेछौँ।’ मन्त्री पोखरेलले भन्नुभयो ।

प्रेस संगठन नेपाल मोरङद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो।