पिन्थलीमा ‘बुद्ध गुम्बा र पार्क’

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे।

रोशी गाउँपालिका ९ मंगलटारको पिन्थलीमा टासी छ्यू ग्याछोलिङ गुम्बा निर्माण गरिएको छ । गुम्बा सँगै बुद्ध पार्कको निर्माण भएको छ । विभिन्न क्षेत्रको सहयोगमा स्थानीय सरकारको अगुवाईमा उक्त क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने उदेश्यले गुम्बा र पार्क निर्माण गरिएको हो ।

‘पार्क र गुम्बा निर्माणका लागि ६३ लाख ७५ हजार ३ सय ३४ रुपैया खर्च गरी २ तल्ले पक्कि भवन, ७ जटा बुद्धका अलग–अलग मुर्ति तयार भएका छन्’– सचिव ज्ञानबहादुर लामाले भन्नु भयो–‘पोखरी सहितको बुद्ध पार्क, गूम्बा निर्माणमा स्थानीयहरुको अथक योगदान रहेको छ ।

गूम्बा निर्माण हुनु अघि छ्र्याेतन, माने, कागलिङ्ग मात्रै थियो । जसको संरक्षण यहि समितिले गरेको छ । गुम्बाको परिसरमा ढुंगा विछ्याउने, वाल, जाली, कुलो निर्माण लगायतका संरचनाहरु निर्माण गर्न बाँकी रहेको सचिव ज्ञानबहादुर लामाले भन्नु भयो ।

गुम्बाको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताउनु भएको छ । गुम्बाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले भन्नु भयो– ‘बजेट अभाव छैन, समस्या कार्यान्वयनको छ, त्यसका लागि स्थायी संयन्त्र आवश्यक छ ।

स्थानीयको सक्रियता रहँदा विकास निर्माणमा बजेट अभाव हुँदैन ।’ मुलुकको समग्र विकाससँग जनताको भावना जोड्ने काममा सरकार लागि रहेको मन्त्री बास्काटोले बताउनु भयो ।

मन्त्री बाँस्कोटाले इतिहास मै पहिलोपल्ट राष्ट्रले विकास निर्माणको मुद्धालाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । सरकारले मुलुकको समग्र विकासमा जनतासँगको भावनालाई जोड्ने काम गरिरहेका छौँ ।

मन्त्री बाँस्कोटाले थप्नुभयो–त्यसैले अहिलेको सरकारले विकास निर्माण, समृद्धि, सबै नोपली सुखी र खुसीलाई मुख्य मुद्धा बनाएर काम गरिरहेको छ । उहाँले सुखी र समृद्ध मुलुक बनाउने पहिलो मुद्धा बनाउने बर्तमान सरकार रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले देश कस्तो बनाउने भनेर सपना देख्नुभएको छ । उहाँले त्यसको नेतृत्व पनि गर्नुभएको छ । हामीलाई पनि जिम्मेवारी दिनुभएको छ । त्यसैले यो देश सबै मिलेर बनाउने हो । उहाँले प्रधामन्त्रीले पनि राष्ट्रिय आत्माविश्वास जगाउँदै हुनुहुन्छ ।

विकसित कुनै पनि देश अरुले आएर नबनाएको बताउनुहुँदै आफ्नो देश आफैँले बनाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिनु भयो । ‘सहयोग अरुको पनि लिन सकिन्छ होला तर आफ्नो देश आफैँले बनाउने हो, अरुले आएर बनाइदिँदैनन’–मन्त्री बास्कोटाले भन्नु भयो ।

‘कृषि, पर्यटन र सेवा उद्योगबाट आर्थिक सम्वृद्धी हासिल गर्नु पर्छ’–मन्त्री बास्कोटाले भन्नु भयो–‘नमोबुद्ध, मण्डन देउपुर, पाँचखाल नगरपालिकामा खानेपानीको कार्य शुरु भएको छ ।

सुनकोशीमा हाईड्रो, बनेपामा फिल्म सिटी केन्द्र, मदनभण्डारी विश्वविद्यालय निर्माणको कार्य शुरु भएको छ ।’ हरेक क्षेत्रमा प्रगति हुँदै जाने बताउँदै मन्त्री बास्कोटाले खेडालीहरुले गोरखालीको क्षमता प्रर्दशन गरी नेपालको नाम अन्र्तराष्ट्रिय स्तरमा उँचो राखेको बताउनु भयो ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङले उद्घाटन र शिल्यान्यासको वर्षका रुपमा लिदै भौतिक पूर्वाधारको कार्य शुरु भएको बताउनु भयो । प्रदेश सांसद रत्न ढकालले बुद्धको सन्देश छर्ने, शान्तिको देश बुद्ध र सगरमाथाको माध्यमबाट देश चिनाउन सफल भएको बताउनु भयो ।

नेपालमै रहेका हिन्दु र बौद्ध धर्मले नेपालको शिर ठाडो बनाउने बताउँदै आयातित धर्मको खेति गर्न जरुरी नभएको बताउनु भयो । ‘नेपालमा धर्मको आयात गर्नु जरुरी छैन, नेपालकै धर्महरुले विश्व चिनाईरहेका छन्’–प्रदेश सभा सदस्य रत्न ढकालले भन्नु भयो ।

रोशी र महाभारत जोड्ने पिन्थली मुख्य केन्द्र भएकाले उक्त सडकलाई स्तरोन्नतीसँगै कालोपत्रे, भुमिचुलीमा टाओर निर्माण, विद्यालय, खेलकुद, स्वास्थ्य, कृषि, विद्युत्त, पार्क निर्माणमा ध्यान दिएको उहाँले बताउनु भयो ।

रोसी गाउँपालिका अध्यक्ष डीबी लामाले धर्म, संस्कृति र सामाजिक संस्कार पिन्थलीबाट सिक्नु पर्ने बताउनु भयो । गुम्बा उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जनम तामाङ, समितिका अध्यक्ष कान्छा लामा, उपाध्यक्ष बज्रध्वज लामा, सचिव ज्ञानबहादुर लामाले गुम्बा निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद दिनु भएको थियो । पिन्थलीमा २ सय परिवार छ ।

यसरी निर्माण भयो गुम्बा

पिन्थली । साविक मंगलटार गाविसका ८ र ९ नम्वर वडा हाल रोशी गाउँपालिका वडा नम्वर ९ । २०१६ साल देखि कुलो निर्माण गरी सिंचाई मार्फत उत्पादन बृद्धीका लागि प्रख्यात ।

जमिन कम हुनेको पनि बार्षिक २ लाख रुपैया भन्दा धेरै आम्दानी तरकारी उत्पादन गरेर आम्दानी गर्ने अवस्था थियो । त्यतिबेला पनि घोडालाई बोकाएर मुरीका मुरी धान विक्री गरिन्थ्यो ।

बनेपा सिन्धुली बर्दिवास सडक खुलेसँगै उक्त स्थानको उत्पादनले सहजै बजार भेट्टायो । अहिले पनि पिन्थलीको उत्पादनमा गुणस्तर कायम छ । स्थानीय सरकार रोशी गाउँपालिकाले उत्पादनका लागि कृषकहरुका लागि विशेष सहयोग समेत प्राप्त गरेको छ ।

सोहि स्थानबाट कर्मसिं लामा तत्कालिन नेकपा एमालेको तर्फबाट जिल्ला विकास समितिको उपसभापति हुनु भयो । २०५४–२०५९ सम्म उहाँ उप सभापति रहनु भएको थियो ।

पिन्थली प्रवेश गर्ने स्थानमा एउटा सानो चउर थियो । उक्त चउरमा तामाङ समुदायले मान्ने धार्मिक आश्थाको केन्द्र गुम्बा निर्माण गर्ने योजना बन्यो । २०६२ साल माघ १७ गते उक्त कार्य शुरु भयो । उहाँले जिल्ला विकास समिति मार्फत १ लाख रुपैया उपलब्ध गराउनु भयो ।

त्यहिबाट शुरु भएको गुम्बा निर्माण गर्ने अभियानमा ४८ जना लामा गुरुहरुले मासिक २५ रुपैया जम्मा गर्न थाल्नु भयो । झण्डै एक दशकमा उक्त रकम १० लाख जति हुन पुग्यो । २०६९ साल मसिंर १ गतेबाट उक्त चउरमा गुम्बा निर्माणको अभियान शुरु भयो ।

७ वर्ष पछि गुम्बा निर्माण कार्यले पुर्णता प्राप्त ग¥यो । जिल्ला विकास समितिको पटक पटकको सहयोगमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, संसदीय विकास कोषको रकममा पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, पुर्व सासद तिर्थ लामा, प्रदेश सभा सदस्य रत्न ढकाल, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, वडा अध्यक्ष जनम तामाङ लगायतले आर्थिक सहयोग प्रदान गर्नु भयो भने स्थानीय समुहहरुबाट समेत सहयोग संकलन भयो ।

६३ लाख ७५ हजार ३ सय ३४ रुपैया खर्च गरी २ तल्ले पक्कि भवन, ७ जटा बुद्धका अलग अलग मुर्ति तयार भएका छन् । टासी छ्यु ग्याछोलिङ गुम्बाका रुपमा विहिबार मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नु भयो ।

गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष कान्छा लामा, उपाध्यक्ष बज्रध्वज लामा, सचिव ज्ञानबहादुर लामाले उक्त क्षेत्रमा पोखरी सहितको बुद्ध पार्क, गूम्बा निर्माणमा स्थानीयहरुको अथक योगदान रहेको बताउनु भयो ।

गूम्बा निर्माण हुनु अघि उक्त क्षेत्रमा छ्र्याेतन, माने, कागलिङ्ग मात्रै थियो । जसको संरक्षण पनि त्यहि समितिले गर्दै आएको थियो । मन्त्री बास्कोटाले ह्राप्ने तथा गुम्बाको उद्घाटन गर्नु भएको थियो ।

गुम्बाको परिसरमा ढुंगा विछ्याउने, वाल, जाली, कुलो निर्माण लगायतका संरचनाहरु निर्माण गर्न बाँकी रहेको सचिव ज्ञानबहादुर लामाले भन्नु भयो । प्रदेश सरकार मार्फत प्रदेश सभा सदस्य रत्न ढकालले चालु वर्षका लागि ३० लाख रुपैया बजेट विनियोजन गर्नु भएको छ ।

त्यहि रकम मार्फत उक्त कार्य सम्पन्न गरिने उपाध्यक्ष बज्रध्वज लामाले बताउनु भयो । निर्माण भएको संरचनामा बुद्ध पार्कमा बुद्धको मुर्ति सहितको पोखरी र पोखरी भित्र माछा, हात्ति सहितका तस्विरहरु सजार्ईएको छ ।

धार्मिक तथा सास्कृतिक रुपमा समेत पिन्थलीलाई आर्कषण गर्न सकिने वडा अध्यक्ष जनम तामाङले बताउनु भयो । गुम्बा उद्घाटनको पुर्व सन्ध्यामा लामागुरुहरुद्वारा मन्त्रोचरण गरी विभिन्न लामा विधीद्वारा पुजा अर्चना गरिएको थियो ।

२४,२५,२६ गते आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो । अध्यक्ष कान्छा लामाले लामा गुरु र आनीहरु गुम्बामा आउँदा बस्न समस्या रहेको बताउनु भयो ।