सुझाव लिँदै सेना

0
Shares

नेपाल समाचारपत्र, बाँके।

नेपाली सेनाले नागरिकको ‘अपेक्षा’ बुझ्ने कोसिस गरेको छ। आम नागरिकमा नेपाली सेनाप्रतिको धारणा बुझ्न सेनाले देशव्यापी अभियान थालेको हो। उसले जिल्लाबाट सेनाको बारेमा रहेको आलोचना, गुनासा, सुझाव संकलन गरेको छ।१५ जिल्लाबाट सुझाव लिइसकेको नेपाली सेनाले बिहीबार बाँकेको भैरवप्रसाद गण, इमामनगर ब्यारेकमा पत्रकारलगायत अगुवा व्यक्तिहरूलाई बोलाएर सैनिक–नागरिक अन्तरक्रिया गर्दै आलोचना, गुनासा, सुझाव लिएको हो।

सेनाले देशव्यापी थालेको यो अभियानले नागरिकको सेनाप्रतिको बुझाइ र धारणा बाहिर आउने र सेनाले नयाँ योजनाहरू बनाउँदा अहिले आएका सुझावलाई सम्बोधन गर्ने विश्वास गरिएको छ।

नेपाली सेनाले विपत्का बेला धेरै राम्रो काम गरेको छ। सर्पदंशको उपचार केन्द्र सञ्चालन गरेको छ। पछिल्लो दिनमा स्वास्थ्य शिविर लिएर हिडेको छ। ‘जनता पानी हुन्, सेना माछा हो’ भन्ने गरिन्छ। यसका बाबजुद सशस्त्र द्वन्द्वकालमा भएका केही घटनाले आम नागरिकको सेना प्रतिको बुझाइ त्रासमय रहेको छ।

द्वन्द्वकालमा बेपत्ता पारिएका धेरै नागरिक यही क्षेत्रका छन्। अझै पनि सेनासँग गाउँ, दूरदराजका मानिस किन डराउँछन् ?, नेपाली सेनामा जागिर खाना पैसा दिनै पर्छ भन्ने अफवाह किन फैलिएको छ ?, मधेसी युवाहरू किन सेनाप्रति आकर्षित हुन सकेनन् ?, स्वास्थ्य शिविरलाई फ्लोअप गर्नुपर्यो, सेनाको हेलिकोप्टर प्रयोगको प्रक्रिया के हो ? लगायतका सुझाव र प्रश्नहरू गरिएका छन्।

उत्तर पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सरोजप्रताप राणाले जनतासँग घुलमिल हुन सेनाका जिल्लागत युनिटले महिनाको चार दिन विपत् व्यवस्थापन तालिम दिइरहेको बताउनुभयो। सेनाको यो कार्यक्रम प्रभावकारी रहेको उपरथी राणाको भनाइ थियो। उहाँले नागरिकबाट आएका आलोचनात्मक समीक्षाले सेनालाई लक्ष्य पूरा गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। सेनाले सल्यानमा बर्थिङसेन्टर सञ्चालन गर्दैछ।

श्रीनं ४ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सुरेशकुमार बानिया, महासेनानी ईश्वरकुमार श्रेष्ठ, भैरवप्रसाद गणका गणपति नकुल थापाले अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। उहाँहरूले पैसाको लेनदेनबाट नेपाली हुन सम्भव नरहेको, ने

पाली सेना जनताको हो भनेर बुझाउन स्कुल स्कुलमा गएको, जनताको आँशुलाई सेनाले हाँसोमा रुपान्तरण गर्न सफल भएको दावी गर्नुभयो।
सो अवसरमा सैनिक कार्यक्रम सञ्चालन गर्ने बाँकेका चार वटा रेडियोलाई सम्मान गरिएको थियो। सेनाले विपत्मा गरेका कामबारेको लघुचलचित्र देखाइएको थियो।